६७ वर्षीय अभिनेता ऋषी कपूरको निधन

Rishi kapoor

काठमाडौं । बलिउड अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा निधन भएको छ। उनको कहीबेर अघि निधन भएको भारतीय सञ्चारमाध्यले जनाएका छन् ।

भारतीय फिल्म उद्योगमा विगत दुई दिन एता धेरै ठूलो धक्का लागेको छ । बुधबार मात्रै अर्का अभिनेता इरफान खानको निधन भएको थियो ।

अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

क्यान्सरबाट पीडित उनलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियोे । कपुरलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । ऋषि कूपर दिग्गज अभिनेता राज कपूरका छोरा हुन् ।

उनको फिल्मी करियरको शुरुवात १९७३ मा बबी फिल्मबाट सुरु भएको थियो । त्यसपछि अभिनेता कपुरले ४ सय भन्दा बढी फिल्मा काम गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...