कविता : प्रतिशोधका दाह्रा

Ashok ghimire 1

कोरोनाको उत्पात
विश्वलाई चुनौति भएको छ
जाबो सानो कीटाणुसँग
विश्वमानव समाज सन्त्रस्त छ
शक्तिशाली मानव सामर्थ्यप्रति
विश्वास डगमगाएको छ
विश्वख्याति कोभिड १९ ले
चक्रवर्ती मानवराज्यमा
भुमीगत युद्ध मच्चाएको छ
साम्राज्य विस्तारमा होमिएको छ
मानवमाथि चुनौति हॉकेर
विज्ञान खिज्ज्याएको छ ।

मान्छेको एकछत्रे साम्राज्यमा
वरदानप्राप्त कीट राक्षस
रक्तबीजकै उत्पात फैलाएको छ
भस्मासुरको चालामा मान्छे सोत्तर पार्दै
विना रोकटोक द्रुतचालमा
छपछप्ति भूव्याप्त हुॅदै
नरभक्षी जीबाणु
प्रतिशोधका दाह्रा किट्दैछ ।

वुहानको मुहानमा नरसंहार अवतारी
अमृत मन्थनमा उत्पन्न कालकूटवंशज
विज्ञानमन्थनमा प्रकट विषाणु
निशस्र आत्मघाती जीबाणु
सुस्त शासबाट प्रवेश हुॅदै
मुटु र फोक्सो चपाईचपाई
लाश ढलाईढलाई गिज्याइ रहेछ
चोखो धरती विटुलाएर
चिहान बनाउॅदैछ ।

जन्मेकाले मर्नुपर्ने मर्त्यलोक नहो
जन्म र मृत्यु बीचको जिन्दगीभित्र
हजारौं त्रासका गौंडाहरू
सयौं शोकका गल्छेंडाहरू छन्
सल्किदो डढेलाको लपेटोमा
बॉच्न चाहने विचल्ली मानवको
अकालमा श्वास थुतिँदैछ
अर्थी विनाका प्लास्टिकका कात्रो लपेटिएका
मूर्धाका टाउका गनिँदै छन् ।

कालले खाता खोतल्दै छ
मान्छेको उत्पातमा बलि र सहीद भएका
निरीह प्राणीका हिसाब किताब खोइ ?
ती जीबजन्तु वनजङ्गल
जमीन र जल माथि भए गरेका
अत्याचारका वहीखाता खोइ ?
बधशालामा रेटी काटी टुक्र्याइ बिलो लाएका
कालाखाता खोइ ?
काल बनेर कोरोनाले चुक्ता असुल्दैछ ।

प्रकृतिविरुद्ध चल्दाको परीणाम
भुक्तभोगी मानव समाजले भुक्ताउनु प¥या छ
नाथे सूक्ष्म जीबाणुले
मानवशक्ति झुकाएकै होत ?
घुॅडा टेकाऐकै होत ?
विश्वलाई खरो चुनौति खडा भएको छ ।

अशोक घिमिरे (थाइल्याण्ड)

प्रतिकृया दिनुहोस