गजल : नभेटेको धेरै भयो

Bodh regmi 1

सम्झना त आउँछ प्रिया नभेटेको धेरै भयो
माया त साह्रै लाउँछ प्रिया नभेटेको धेरै भयो ।

चन्चल तनलाई थुनेपछि, को मल मनलाई ठुंगेपछि
खुशियाली त हराउँछ प्रिया नभेटेको धेरै भयो ।

छिया छिया मन लिएर एकान्तमा टोलाउँदा
जिउँदै चितामा जलाउँछ प्रिया नभेटेको धेरै भयो ।

बसन्तको बहार बेकार विवशताको प्रहरमा
कोइलीले गीत गाउँछ प्रिया नभेटेको धेरै भयो ।

गुंड फर्केर बचरालाई चारो खुवाउँने कहिले होला ?
यस्तै यादले सताउँछ प्रिया नभेटेको धेरै भयो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...