आयो दिशाको बागी ३ वाला भिडियो

Disha

मुम्बइ । टाइगर श्राफको फिल्म बागीमा मुख्य र बागी–२ मा समानान्तर भूमिकामा उनको नायिकाको रूपमा दिशा पटानी थिइन् । तर, बागी ३ मा मुख्य भूमिकामा अभिनेत्री श्रद्धा कपुरलाई लिइयो । फिल्ममा दिशाको भूमिका छैन भनिएको बेला उनी पनि महत्वपूर्ण भूमिकामा भएको भिडियो बाहिर आएको छ ।

यो भिडियो अभिनेत्री दिशाले अब बागी ३ को पालो भन्दै यसमा आफूले काम गरेका केही दृष्यहरू राखेकी छन् । अहिलेसम्म बागी ३ मा दिशा छैनन् भनिएकोमा फिल्म रिलिजको दुई महिनाअघि यी अभिनेत्री आफैंले बागी ३ मा आफू भएको खुलासा गरेकी छन् ।

तर, यो फिल्ममा उनी कुन र कस्तो भूमिकामा छिन् भन्ने खुलाइएको छैन । निर्माण पक्षले पनि यो कुराको खुलासा गरेको छैन । उनले किन यसरी आफू फिल्ममा भएको दाबीसहित भिडियो सार्वजनिक गरिन् भन्ने विषय यनतिबेला चर्चामा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भ्रमण वर्ष सफल पार्ने बहराइनको प्रतिबद्धता

Ms khalifa

काठमाडौँ ।  बहराइनका परराष्ट्र सचिव डा सइका राना बिन्ट लसा अल खालिफाले नेपाल भ्रमण वर्ष २०२० सफल ...