रेडमी नोट ८ प्रो सार्वजनिक मूल्य

Redmi note 8 pic 3 1782768385

काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले बहु–प्रतिक्षित रेडमी नोट ८ सिरिजको स्मार्टफोन सार्वजनिक गरेको छ । क्वाड क्यामेरा सेटअप भएको विश्वकै पहिलो रेडमी नोट ८ सिरिजले फेरि एकपटक स्मार्टफोन सेग्मेन्टमा राम्रो भएको कम्पनीको दाबी छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “स्मार्टफोन श्रेणीमै रेडमी नोट सिरिज अब्बल रहँदै आएका छन् । प्रत्येक रेडमी नोटले प्रविधिका पर्खालहरु नाघेर यथास्थीतिलाई चुनौति दिँदै भ्यालु प्रोपोजिशनलाई पुनःपरिभाषित गरेको छ ।

हामी ६४ एमपी क्वाड–क्यामेरा बिस्ट– रेडमी नोट ८ प्रो सार्वजनिक गर्न पाउँदा निकै खुशी छौं । विश्वकै ६४ एमपी क्यामेराका साथ हेलियो जी ९०टी चिपसेट भएको यो स्मार्टफोनले गेमिङ र फोटोग्राफीमा नयाँ बेन्चमार्क कायम गर्नेछ ।”

पहिलो पटक रेडमी नोट सिरिजमा ४ वटा क्यामेरा छ । यसमा फोटो र भिडियोका लागि ६४ एमपी मुख्य क्यामेरा, १२० डिग्री दृश्यका साथ अल्ट्रा वाइड एङगल लेन्स, डेप्थ सेन्सर र म्याक्रो लेन्स रहेको छ जसले २ सीएमसम्म दृश्यको नजिक पुर्याउने कम्पनीले जनाएको छ । यसले रेडमी नोट ८ प्रो लाई अत्यन्त बहुमुखी इमेजिंग टुल बनाएको छ जसमा प्रयोगकर्ताहरुले विभिन्न परिपे्रक्ष्य र दृश्यहरु खिच्न सक्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय