कोपा अमेरिका : साबिक विजेता चिलीको सानदार सुरुवात, जापान ४–० ले स्तब्ध

एजेन्सी  । कोपा अमेरिकाको साबिक विजेता चिलीले सानदार सुरुवात गरेको छ। समूह चरणको आफ्नो पहिलो खेलमा मंगलबार बिहान पाहुना टोली जापानलाई ४–० गोल अन्तरले हराउँदै चिलीले सानदार सुरुवात गरेको हो। चिलीका लागि एरिक पल्गर, एडुएर्डो भार्गास र एलेक्स सान्चेजले गोल गरे। खेलको ४१औं मिनेटमा पल्गरले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए। उनले कर्नर बललाई हेडमार्फत गोल गरेका थिए।

पहिलो हाफमा १–० गोलले अघि रहेको चिलीले दोस्रो हाफमा ३ गोल गर्दै ४–० को जित निकालेको हो। ५४औं मिनेटमा भार्गासले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। निकै दबाबमा रहेको जापानमाथि स्ट्राइकर एलेक्स साञ्चेज ८२औं मिनेटमा हेडमार्फत गोल गरेका थिए। साञ्चेजले गोल गरेको १ मिनेटपछि नै पुन भार्गासले व्यक्तिगत दोस्रो गोल गरेपछ चिलीले ४–० को जित हासिल गरेको हो।

जितसँगै समूहमा 'सी'मा रहेको समूहको शीर्ष स्थानमा छ। समान अंकसहित उरुग्वे दोस्रो स्थानमा छ। एसियाली टिम जापान र इक्वेडर अंकविहीन छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...