‘नेपाल लोक स्टार’ असार १२ बाट हेर्न सकिने

काठमाडौं । बिहिबारबाट  प्रशारण हुने भनिएको नेपालको मौलिक रियालिटी शो ‘नेपाल लोक स्टार’ दुई हप्ता पछाडि सरेको छ । प्राविधिक कारणले प्रशारण मिति पर धकेलिएको हो  । आयोजक चहाना मिडियाका अध्यक्ष सहदेव कोइरालाका अनुसार ‘नेपाल लोक स्टार’ अब असार १२ गतेबाट प्रशारण हुनेछ । 

प्रशारणका लागि आधा दर्जन शो तयार भइसकेका छन् । शोमा मेगा अडिशनका लागि सातवटा प्रदेशबाट छनोट भएका ३४५ जना काठमाडौं आएर प्रतिस्र्धामा सहभागी भएका छन् । मेगा अडिशनमा हुने सातवटा श्रृंखलाबाट ३४५ जनाबाट ७०–९० जना छनोट भएका छन् । स्थापित गर्ने एउटा श्रृंखलाबाट ७०–९० बाट २० जना छनोट हुनेछन् । नवौं श्रृंखला प्रशारण हुँदा उत्कृष्ठ २० प्रतिस्पर्धी रहनेछन् । 

उत्कृष्ठ १० सम्म निर्णायक र भोटिङ ५०/५० प्रतिशतका आधारमा छनोट हुनेछन् । उत्कृष्ठ १० बाट ८० प्रतिशत दर्शक र २० प्रतिशत निर्णायकको भोटका आधारमा प्रतिस्पर्धीको छनोट हुनेछ । फाइनलसम्म ८०/२० कै आधारमा छनोट हुनेछ । उत्कृष्ठ पाँचबाट फाइनल भनिनेछ । फाइनलमा छनोटको सबै अधिकार दर्शकको भोटमा रहनेछ । 

उत्कृष्ठ ५ जनालाई लिएर सातवटै प्रदेशमा ‘नेपाल लोक स्टार’ले कन्टशर्ट गर्ने कोइरालाले जानकारी दिए । ३० वटा श्रृंखला प्रशारण हुने कार्यक्रम एपीवान एचडी टेलिभिजनबाट प्रशारण हुनेछ । ३१ औं श्रृखंला फाइनल हुनेछ । 

विजेताले करसहित नगद ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ । ‘नेपाल लोक स्टार’ को निर्णायकमा जयनन्द लामा, सुनिता दुलाल, रामजी खाँड र बिबि अनुरागी छन् । 

विजेताले करसहित नगद ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ ९करसहित० पुरस्कार प्रदान गरिने छ । ‘नेपाल लोक स्टार’को निर्णायकमा जयनन्द लामा, सुनिता दुलाल, रामजी खाँड र बिबि अनुरागी छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...