मेलिना र दुर्गा बहादुरको ‘के यो माया हो’ बजारमा (भिडियोसहित)

काठमाडौं । आसुतोष राईको शब्द तथा संगीतमा नयाँ गीत सार्वजनिक गरिएको छ । चर्चित गायिका मेलिना राई र दुर्गा बहादुर राईको आवाजमा ‘के यो माया हो’ गीतको भिडियो युट्युव मार्फत सार्वजनिक गरिएको हो ।


गीतलाई दिने न्यौपानेले एरेञ्ज गरेका हुन् । गीतको भिडियोमा मोडल सम्पदा बानिया र योगेन्द्र राई फिचर्ड छन् । सन्दीप भुजेलको कोरियोग्राफी रहेको यस गीतको भिडियोलाई अमृत सुनुवारले छायाङकन गरेका हुन् ।


त्यस्तै नव ढुङ्गेलको निर्देशनमा बनेको ‘के यो माया हो’ गीतको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् ।

Video

प्रतिकृया दिनुहोस