सारेगमप लिटिल च्याम्पमा प्रितम तेस्रो र आयुष चौथो

काठमाडौं  भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो भएका छन् । जी टीभीको कार्यक्रमको फाइनलमा आचार्य तेस्रो भएका हुन् । अर्का नेपाली बालक आयुष केसी भने चौथो भएका छन् ।


फाइनलमा पुगेका ६ जनामध्ये सुगन्धा दातेले उपाधि जितेकी छन् । त्यसैगरी मोहम्मद कैफ दोस्रो भएका छन् । लिटिल च्याम्सको शीर्ष ६ मा पर्दै तेस्रो भएका ११ वर्षीय आचार्य सुनसरीको इटहरी उपमहानगरपालिका ५ का हुन् । अर्का नेपाली बालक केसी भने भक्तपुरका हुन् । 


प्रतियोगिता नजिते पनि नेपालबाट जिटिभी रियालिटी शो को अन्तिम प्रतिस्पर्धासम्म पुगेका दुई बालकले ग्रान्ड फिनालेमा निर्णायक र पाहुनाहरुको मन भने जित्न सफल भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...