शान्ति प्रियको 'तिमी सुनमा जोखिने मान्छे'

काठमाडौँ । बालापनको आत्मीयता एवं वयस्कमा झाँगिएको प्रेमलाई चित्रण गरि तयार पारीएको गीत सार्वजनिक भएको छ । उक्त गीतमा जातिय विभेदको प्रेममा आधारित मर्मश्पर्शी गीतको भिडियो छायांकन गरिएको छ । वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रियले भिडियोको निर्देशन गरेका हुन् ।

गीतकार प्रकाश क.सी.ले गीत लेखेका हुन् भने शरद समिपले गीतमा स्वार दिएका छन् । चित्रकार एवं संगीतकार ज्योति प्रकाश बिकले गीतमा संगीत दिएका छन् भने विष्णु अधिकारीले संगीत संयोजन गरेका छन् ।

गीतमा अभिनेत्री शिल्पा पोखरेल फिचरिङ भएकी छन् । त्यस्तै वरिष्ठ चलचित्रकर्मी लेखक तथा निर्देशक मोहन निरौला, स्वयं गायक शरद समिपले गीतमा अभिनय गरेका छन् । 

यस्तै बाल कलाकार कुशाग्रह भट्टराई एवं एञ्जेल राई पनि गीतको अभिनयमा छन् भने निर्देशक माधबराज खरेल समेत भिडियोमा देख्न सकिन्छ ।

भिडियोलाई मुकेश हुमागाइले छायांकन गरेका छन् भने ड्रोन अपरेटिङ रविन वजगाइले गरेका छन् । राम ढकालको स्टिल फोटोग्राफी एवं कविता तोलाङ्गीको श्रृंगार गीतमा रहेको छ । गीतमा एसोसिएट निर्देशकका रुपमा माधबराज खरेल रहेका छन् ।

गीतको भावलाई आफूले सकेसम्म उतारेको निर्देशक शान्तिप्रियले बताए । चरित्र उतार्नकै लागि गीतमा धेरै कलाकार राख्नु परेको समेत प्रियले बताएका छन् । गीत दुई सातापछि रिलिज गरिने बताइएको छ ।


प्रतिकृया दिनुहोस