चलचित्र कलाकार संघको नयाँ निर्वाचनमा अध्यक्ष पदमा रविन्द्र खड्का बिजयी

काठमाडौं । चलचित्र कलाकार संघको १७ औं साधारणसभाको नयाँ निर्वाचनमा अध्यक्ष पदमा रविन्द्र खड्का बिजयी भएका छन् । खड्काले प्रतिद्वन्द्वी सरिता लामिछानेलाई ५७ मतले पछिपार्दै खड्का विजयी भएका हुन् ।

कुल खसेको मत ३८७ मतमा खड्काले २१८ मत र लामिछानेले १६१ मत पाएका थिए । दुई उपाध्यक्षमा रेजिना उप्रेतीले २४३ मत र अर्का उपाध्यक्ष सानुकुमार ताम्राकारले १७५ मत पाएर विजयी भएका छन् । अन्य दुइ उमेदवार मनोज केसी (१४२) र विनोद भट्टराई (९६) मतले पछि परे ।

यता महासचिवमा चेतबहादुर सिंह राजा (१८७)निर्वा्चित हुँदा उनका प्रतिद्वन्दी सञ्जय खतिवडाले १५६ मत ल्याए । सचिव पदमा पनाह अधिकारी (१९४) विजयी हुँदा प्रतिद्वन्द्वी कविता गेलाल शर्माले पक्षमा १६९ मत पाएर पराजित हुन पुगिन ।

यस्तै सह-कोषाध्यक्ष पदमा अभिनेत्री पवित्रा आचार्य भारी मतले विजयी भइन् । उनको पक्षमा २२० मत पर्दा प्रतिद्वन्द्वी डिबी बम्जनले १३३ मत ल्याए । कोषाध्यक्ष पदमा भने यसअघि नै सुनिल कटुवाल निर्विरोध चयन भइसकेका छन् ।पदाधिकारी तर्फ उपाध्यक्ष निर्वाचित सानुकुमार ताम्राकार बाहेक सबै खड्का प्यानलका बिजयी भएका छन् ।

प्रतिकृया दिनुहोस