गीतकार मित्रलाल तामाङको ‘वाचा कसम’ सार्वजनिक

काठमांडौ । गीतकार मित्रलाल तामाङको ‘वाचा कसम’ सार्वजनिक भएको छ । कलानिधि इन्दिरा संगीत महाविद्यालय द्वारा आयोजित ५६ औ वार्षिकोत्सव कार्यक्रममा हाँस्यकलाकार, डाइरेक्टर एवम् गीतकार मित्रलाल तामाङको एकल शब्द रचनाका गीति एल्बम वाचा कसम विमोचित भएका हो ।

उक्त कार्यक्रमको प्रमुख अतिथी सांस्कृति विद सत्यमोहन जोशिको हातबाट “वाचा कसम” सार्वजनिक गरिएको हो ।  

उक्त कार्यक्रमको सभापति इन्दिरा श्रेष्ठ, शकुना मलेकु लगायतका बिशिस्ट ब्यक्तित्वहरुबाट “वाचा कसम” एल्बम सार्वजनिक गरेकोमा हार्दिक बधाई तथा शुभकामना दिएका थिए ।

यस एल्बममा ५ ओटा गीतहरु रहेका छन् । जसमा काँडै काँडा मेरो संसारमा स्वरः रामचन्द्र र संगीत  योगेश राई, कलेजिमा राखी तिमीलाई स्वरःसंगीत र विराज कल्पित, बाचा भुल्यौ कसम भुल्यौ स्वर संगीत  उमेश खड्का, एक्लै मलाई बनाइ स्वरः पुर्णिमा लामा उमेश खड्का र चौवन्दि र फरियामा स्वरः संगीत योगेश राईको रहेको छ । 


प्रतिकृया दिनुहोस