‘जाइरा’को टिजर सार्वजनिक, यस्ती देखिईन् नम्रता

 काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ ‘प्रसाद’पछि अन्य चलचित्रमा देखिएकी छैनन् । उनको नयाँ चलचित्र ‘जाइरा’ आउँदो भदौ ६ गतेबाट प्रदर्शनमा आउँदैछ ।  चलचित्रको बुधवार टिजर सार्वजनिक गरिएको छ ।


सार्वजनिक टिजरमा नम्रतालाई मात्र 'फोकस' गरिएको छ । टिजरमा नम्रताको एक्सन अवतार देख्न सकिन्छ । चलचित्रमा नम्रता मिक्स मार्सल आर्ट खेलाडीको भूमिकामा प्रस्तुत भएकी छन् ।


आशुतोष राज श्रेष्ठ निर्देशित चलचित्रमा नम्रताका साथमा अनुपविक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठसहित नव–कलाकारहरू सिर्जना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको प्रमुख भूमिका छ ।

Video

प्रतिकृया दिनुहोस