'उम्लियो उम्लियो' बोलको आईटम गीत लिएर आईन साहिमा (भिडियोसहित)

काठमाडौँ । गायिका सहिमा श्रेष्ठको 'उम्लियो उम्लियो' बोलको आईटम गीत बजारमा आएको छ ।  भिडियोसहित बजारमा आएको उक्त गीतमा किरण केसी 'क्रोधी' को शब्द रहेको छ भने आलोक श्री को संगीत रहेको छ । 

मोडल अलिशा शर्माको अभिनय तथा नृत्य रहेको यस गीतको म्युजिक भिडियोलाइ छायाँकार नबराज उप्रेतीले छायांकन गरेका छन् भने सुनिल क्षेत्रिले कोरियोग्राफी तथा निर्देशन गरेका छन् ।  भिडियोलाइ गायिकाले आफ्नै युट्युब च्यानल सहिमा श्रेष्ठ बाट बजारमा लिएर आएकी हुन् ।

गायिका श्रेष्ठले दर्जनौ चर्चित गीतहरु बजारमा ल्याएर आफुलाई स्थापित गराउन सफल भैसकेकी छिन् । मेला महोत्सब देखि कार्यक्रमहरुमा स्टेज क्विनको उपाधि पाएकी गायिका श्रेष्ठ नेपाली सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा पुग्न सफल तथा एक पछि अर्को राम्रो राम्रो गितहरु नेपाली सांगीतिक बजारमा पस्केर सम्पुर्ण नेपाली गीत संगीतको पारखिहरुको रोजाइमा पर्न सफल सुमधुर आवाजकी धनि सुन्दरी गायिकाको रुपमा चिनिन्छन ।

 

 

Video

प्रतिकृया दिनुहोस