‘मेरो हजुर ३’को नयाँ गीत रिलिज, कृष्ण भजनमा मग्न सुहाना (भिडियो)

काठमाडौं, जेठ । सफलताका साथ रिलिजको ५१ औं दिन मनाइरहेको चलचित्र ‘मेरो हजुर ३’को नयाँ गीत सार्वजनिक गरिएको छ । ५१औँ दिनको पुर्व सन्ध्यामा ‘राधे कृष्ण’ बोलको गीत युट्युबमार्फत रिलिज गरिएको हो ।

गीतमा चलचित्रकी मुख्य कलाकार सुहाना थापालाई फिचर्ड गरिएको छ ।  प्रतिक पौडेलको शब्द तथा संगीत रहेको गीत लाई प्रविसा अधिकारी र सुरज लामाले स्वर दिएका छन् ।

सञ्जय लामाले छायाँकन गरेको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी र दिर्घ खड्काको सम्पादन रहेको छ । दर्शक तथा समिक्षकले उत्कृष्ट चलचित्रको उपनाम थमाएको चलचित्रबाट सुहानाले डेब्यु  गरेकी हुन् ।

झरना थापा निर्देशित र सुनिल कुमार थापाको निर्माण रहेको चलचित्रमा सुहानाले युवा स्टार अनमोल केसी स्क्रीन सेयर गरेकी हुन् । चलचित्रले बक्सअफिसमा ९ करोड ६३ लाख ग्रस कलेक्सन गर्न सफल भएको छ । 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...