सलमानसँग फेरी काम गर्ने सम्भावना छैन: दिशा पटानी

एजेन्सी । बलिउड फिल्म ‘भारत’ मा स्टार नायक सलमान खानसँगै देखिएकी नायिका दिशा पटानी एक अन्तर्वार्ता चर्चित भएको छ । उक्त फिल्ममा सानो भुमिकामा देखिएकी दिशाले मुम्बई मिररसँग कुरा गर्दै सलमानसँग यो नै आफ्नो अन्तिम फिल्म हुने सम्भावना रहेको बताइन् । उनले सलमान र आफ्नो उमेरको अन्तर धेरै भएकोले अबको दिनमा फेरी फिल्ममा सँगै काम गर्ने सम्भावना अति न्यून रहेको बताएकी छिन् ।


दिशा भर्खरै २६ वर्षकी भइन् भने सलमान त्यसको दुई गुणा भन्दा धेरै अर्थात् ५३ वर्षका भइसकेका छन् । पछिल्लो समय ‘हिट’ नायिकाको सूचीमा दरिएकी दिशा नायक टाइगर श्रफसँगको प्रेममा रहेको बताइन्छ । भारत फिल्ममा सँगै काम गर्न सम्भव भएको मुल कारणको खुलासा गर्दै उनले भनिन् , ‘भारत फिल्ममा हामी सँगै कामगर्न सम्भव भएको मुख्य कारण भनेको मैले खेलेको फिल्मको भागमा सलमानलाई २०–३० वर्ष उमेरको रुपमा देखाइनु हो ।


सलमान सर असल तथा कडा मेहनती व्यक्ति हुन् । मैले उनीसँग थुप्रैकुरा सिक्न पाएँ । साथै, भारत फिल्म मेरो लागि विशेष रह्यो, मैले आजसम्म अर्कै समयकालको फिल्म सेटमा कहिल्यै काम गर्न पाएकी थिइन् । ’


फिल्ममा दिशा र सलमानको जोडीलाई दर्शकले मन पराएको बारेमा उनले खुशी व्यक्त गरेकी छिन् । फिल्म ‘भारत’ कोरियन फिल्म ‘एन ओड टु माई फादर’ को कथामा आधारित रहेको छ । यसमा सलमान पाँच विभिन्न लुक्समा देखिने बताइएको छ । उक्त फिल्म जुन ५ मा रिलिज हुने जानकारी दिइएको छ ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...