किन दिए सलमान खानका फ्यानले गायिका सोनालाई ज्यान मार्ने धम्की ?

नयाँ दिल्ली । बलिउडकी गायिका सोना महापात्रालाई सलमान खानका फ्यानले ज्यान मार्ने धम्की दिएको बताएकी छन् । सलमान खानका कुरासँग असहमति राखेको विषयमा बलिउड गायिका सोनाले ज्यान मार्ने धम्की आएको बताएकी हुन् । 

प्रियंका चोपडाका विषयमा सलमानले राखेको विचारमा उनले ट्वीटर मार्फत् असहमति जनाएकी थिइन्। सेही विषयलाई लिएर सलमानका एक फ्यानले मार्ने धम्की दिएको उनले ट्वीटर मार्फत् सार्वजनिक गरेकी हुन् ।

यसअघि सलमानका फ्यानले उनीमाथि ट्रोल बनाइरहेका थिए । फिल्म ुभारतु छाडेका विषयमा सलमानले प्रियंका चोपडा विरुद्ध अभिव्यक्ति दिएका थिए ।

प्रियंकाले अन्तिम अवस्थामा फिल्म भारतुमा अभिनय गर्न अस्वीकार गरेकी थिइन् । सलमानले यही विषयमा भनेका थिए, उनलाई फिल्मको स्क्रिप्ट मन परेको थियो । काम गर्न तयार भएकी थिइन् । तर उनले विवाहलाई पहिले चुनिन् ।  जब प्रियंकालाई करियरकै राम्रो फिल्म प्राप्त भएको थियो, त्यही समय विवाह गरिदिइन्। सामान्यतया यस्तो फिल्म पाउँदा मान्छेहरु विवाह गर्ने होइन, भएको श्रीमान् समेत छाड्छन् ।

सोनाले सलमानको यही कुरामा कमेन्ट गरेकी थिइन् । उनले आफ्नो ट्वीटरमा प्रियंकालाई समर्थन गर्दै लेखेकी थिइन्,  किनकि  प्रियंकालाई जीवनमा राम्रो काम गर्नु थियो । असल पतिका साथ जीवन बिताउनु थियो र आफ्नो यात्राबाट केटीहरुलाई प्रभावित गर्नु थियो ।

यही विषयलाई लिएर सलमानका फ्यानले धम्की दिएका हुन् । उनले सोनालाई धम्काउँदै लेखेका छन्, फेरि एकपल्ट सलमानका विषयमा तिमीले केही नराम्रो भन्यौ भने तिम्रो घरमै आएर मारिदिन्छु । यो तिम्रा लागि अन्तिम चेतावनी हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...