भ्वाइस अफ नेपालका विजेता सिडी बिजय अधिकारी 'थरी थरी माया' लिएर आए (भिडियो)

काठमाडौं ।  भ्वाइस अफ नेपालका बिजेता गायक सिडी बिजय अधिकरीको स्वरमा रहेको आधुनिक गीत ‘थरी थरी माया’ अडीयो, भिडियो सार्वजानिक भएको छ।

भिडियोमा मोडल अनिल अधिकारी, मेलिषा खतिवडा र पुरुषोत्तम भारतीले अभिनय गरेका छन्। घनश्यम श्रेष्ठको शब्द तथा प्रकाश नेपालीको संगीत रहेको गीतको भिडियोले अहिलेको प्रेमलाई दर्शाएको छ।

गायक सिडी बिजय अधिकरिले आफ्ना सबै गीतहरुमध्ये बढी आशा गरेको गीत थरी थरी माया रहेको बताए। भिडियोमा सरोज अधिकारीको छायांकन तथा विकाश धमलाको सम्पादन छ भने जसको निर्देशन निकेश खड्काले गरेका छन्।

भिडियो :

प्रतिकृया दिनुहोस