बलिउड नायक अजय देवगनका पिता विरु देवगनको मृत्यु

एजेन्सी । बलिउडका स्थापित द्धन्द निर्देशक अनि अजय देवगनका पिता विरु देवगनको निधन भएको छ । मुम्बई स्थित सूर्या अस्पतालमा निधन भएका विरु लामो समयदेखि अस्वस्थ थिए । कालजयी चलचित्रहरु क्रान्ति, शहंशाह, फुल और काँटे जस्ता चलचित्रमा कोरियोग्राफरका रुपमा यिनले कार्य गरेका थिए ।

हिन्दुस्तान कि कसम भन्ने चलचित्रमा विरु ले छोरा अजयलाई मुख्य नायकका रुपमा कास्ट गर्दै आफु निर्देशक पनि भएका हुन् । अर्का छोरा अनिल देवगन चलचित्र निर्देशक छन् ।

हिन्दुस्तान कि कसममा अमिताव वच्चनका साथ अजय देवगनलाई देख्न सकिन्छ । भर्खरै टोटल धमाल चलचित्रको स्क्रिनिंगमा विरु धेरै समयपछि सार्वजनिक भएका थिए । सन् १९९१ मा चलचित्र फुल और काँटेमा छोरा अजय देवगनको ईन्ट्रीका लागि पनि यिनलाई विशेष संझना गरिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...