गायक शिरिषको ‘छोरो अमेरिका छ’ विमोचन

काठमाडौँ । आमा बिमार छ बाबु आऊ भन्यो ।

कति पैसा पठाइदिम बाऊ भन्यो ।। 

जापान तिर छ, छोरो अमेरिका छ छोरी जापान तिर छ, तिनले त बिर्से बाउआमा,हामीलाई तिनकै पिर छ ।।

लोक तथा दोहोरी गायक शिरीष देवकोटाले ‘छोरो अमेरिका छ’ शीर्षकको गीत बजारमा ल्याएका छन् । पृथ्वी इन्टरटेनमेन्टद्धारा आइतवार आयोजित एक समारोहमा श्रम तथा रोजगारमन्त्री गोर्कण विष्टले सो गीत सार्वजनिक गरेका हुन् ।

उच्च शिक्षा र अवसरको खोजीमा जापान, यूरोप र अमेरिका जस्ता देशरुमा नै आफ्नो सपनाको संसार देख्ने आजको युवा पिडी,जो आफ्ना आमा बाबुको अन्तिम सासमा पनि नर्फने समाजको प्रतिकुल, यर्थात परिवेशलाई गीतमा समेटिएको छ । 

गीतमा रोईला (खेली) गायकका रुपमा चर्चित देवकोटा, र गायीका सम्झना भण्डारीले स्वर दिएका छन् । गीतकार रमेश विजीको शब्द रहेको छ भने लय गायक देवकोटा कै रहेको छ । अभिनेता निर शाह, हिउवाला गौतम, श्रीप्रसाद थापा र सोनी गुरुङ लगायतको अविनय रहेको सो गीतमा निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् ।

मालश्री रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा संगीत संयोजक विनोद बाजुरालीको रहेको छ । गीतलाई पृथ्वी इन्टरटेनमेन्टले बजार व्यवस्थापन गरेको छ । सोही अवसरमा मन्त्री विष्टले पछिल्लो पटक अध्ययनको शिलशिलामा युवाहरु विदेशीदै गरेको सन्दर्भमा ‘छोरो अमेरिका छ’ गीतले युवाहरुलाई नयाँ ढंगले सोच्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।  

गायक देवकोटाले ‘छोरो अमेरिका छ’ गीतले विदेशमा रहेका युवाहरुको व्यस्त जीवनशैलीले विर्साउँदै गएको संस्कार, संस्कृति र अपनत्व, भौतिक सुखको दलदलमा भासिँदै गर्दा जीवनको अन्तिम क्षणमा पनि आफ्नै सन्तानलाई आँखै अगाडी हेरेर मर्ने अतृप्त धोको बोकेर बसेका आमा बाबुको कारुणिक रोदनलाई समावेश गरेको बताए । देवकोटाले यसअघि ‘यो दाइ फेरि आउँदैन’, ‘नजरैको भर’, ‘माया लाउन मिल्छ र’ र ‘दुर्गा होऊ कि भवानी’ जस्ता दर्जनौँ चर्चित रोइला गीत बजारमा ल्याइसक्नु भएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...