कसले दियो गायिका सरस्वती लामालाई ज्यान मार्ने घम्की ?

काठमाडौँ  । गायिका सरस्वती लामालाई ज्यान मार्ने घम्की आएको छ । लामाले आफ्नो ज्यान खतरामा रहेको भन्दै कुनै पनि बेला आफु मारिन सक्ने बताएकी छन् । उनले पत्रकार सम्मेलन गर्दै आफ्नो जिवन रक्षाका लागि आग्रह समेत गरेकी छन् ।

लामाका अनुसार उनका श्रीमान धनबहादुर लामाले आफ्लाई मार्ने धम्की दिएको बताएकी हुन् । आइतबार संवाद चौतारीमा पत्रकार सम्मेलन गर्दै लामाले आफुलाई श्रीमान धनबहादुर लामाले झुटो आरोप लगाएर दुख दिइरहेको बताइन ।

यस अघि उनका श्रीमान धनबहादुर लामाले श्रीमती सरस्वतीले एक करोड ६ लाख ठगि गरेको आरोप लगाए पछि पत्रकार सम्मेलन गर्दै त्यसको प्रतिवाद गरेकी छिन् ।

आफुले उक्त रकम ठगि गरेको भए प्रमाण सहित आउन पनि सरस्वतीले चुनौती दिएकी छिन् । ६ बर्ष अघि देखिनै श्रीमान सँगको सम्बन्ध विग्रिएको बताउँदै आफुले डिभोर्स मागेका कारण गलत आरोप लगाएर आफुलाई बदनाम गराउँन खोजिएको बताइन ।

११ बर्ष अघि धनबहादुर लामा सँग विवाह गरेर आफु पनि लामा भएको तर आज बाट आफ्नो परिचय सरस्वती लामा नभएर सरस्वती भुजेल भएको समेत उनले बताइन । विवाह गरेको केहि बर्ष पछि श्रीमान धनबहादुर लामाले अस्पताल लगेर अप्रेसन गरि पाठेघर फाल्न लगाएर आफ्नो बच्चा नहुने बनाएको पनि सरस्वतीले खुलासा गरिन ।

एक करोड आम्दानीनै नभएको मान्छेको एक करोड मैले कसरी ठग्न सक्छु रुभन्दै लामाले अहिले आफ्नो प्रगती देखेर बदनामीत गर्न खोजिएको बताइन ।


६ बर्ष अघि नै बिग्रिएको सम्बन्ध किन अहिले सम्म बाहिर ल्याउनु भएन भन्ने पत्रकारको प्रश्नमा सरस्वतीले घरायसी कुरालाई किन बाहिर ल्याउँनु भनेर आफु चुप लागेर बसेको तर धनबहादुरनै आफ्नो बदनाम गराउँन मिडिया बाजी गर्न थालेपछि आफु बाध्य भएर यथार्थ कुरा राख्न मिडियामा आएको बताइन ।

प्रतिकृया दिनुहोस