वीर गोर्खे के गर्दैछन् सिमानामा ?

गजल    

राष्ट्र सेवक झर्दैछन् सिमानामा 

वीर गोर्खे के गर्दैछन् सिमानामा ?


पश्चिमाहरुको हस्तक्षेपले सेप्दैछ,

जङ्गे पिलर सर्दैछन् सिमानामा । 


देश लुटेको, जनता बस्दैनन् हेरेर

लड्दा खेरी कति मर्दैछन् सिमानामा । 


सिंहदरबारमा बस्ने केही जासुसीहरु

देश बचाउने भ्रम छर्दैछन् सिमानामा । 


टुलुटुलु हेर्छ सरकार केही बोल्दैन खै

माफियाहरु पनि तर्दैछन् सिमानामा । 

धनकुटा, हाल साउदी अरब


प्रतिकृया दिनुहोस