अग्निप्रसाद लिम्बुको ‘सिटिजन युके’ सार्वजनिक

काठमाडौं । अग्निप्रसाद केदेम लिम्बुको गीति एल्बम ‘सिटिजन युके’ सार्वजनिक भएको छ। शुक्रबार रेडियो बिएफबीएसमा गीतकार डा.कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा एल्बम विमोचन गरिएको हो।

विमोचन लगत्तै एल्बममाथि लाइभ अन्तर्क्रिया गरिएको थियो। छलफलमा डा. कृष्णहरि बराल, संगीतकार महेश खड्का, गायक दिपक लिम्बु, गीतकार अग्निप्रसाद केदेम लिम्बु लगायत थिए।

एल्बममा पाँच गीत अग्निप्रसाद लिखित हुन्। सबैमा दिपक लिम्बुको स्वर र महेश खड्काको संगीत रहेको छ।

किशोर थापाको मिक्सिङ र माष्टरिङ रहेको एल्बमका गीतमा अशोक लोहारुङ राई, अमोश तामाङ, बादल लिम्बु र सबिन लिम्बुको संगीत संयोजन रहेको छ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...