चर्चित क्रिकेटर बिराट कोहलीकी पत्नी अनुष्का शर्मालाई लागेको गम्भीर रोग के हो ?

एजेन्सी । बलिउड अभिनेत्री एवं क्रिकेटर बिराट कोहलीकी पत्नी अनुष्का शर्मालाई गम्भीर रोग लागेको छ । त्यसैले भएर हिजोआज प्रायः अस्पताल परिसर वरिपरी देखिन्छिन् । घेरैले अनुष्का गर्भवती भएकोले चेकजाँच गराउन अस्पताल पुगेको अड्कल गरेका थिए । वास्तवमा त्यो नभई अनुष्का शर्मा गम्भीर रोगको शिकार भएको भारतीय मिडियाले जनाएका छन् । 

भारतीय मिडियाका अनुसार अनुष्का अहिले बल्जिङ डिस्क नामक रोगले ग्रसित भएकी छिन् । बल्जिङ डिस्क त्यो रोग हो, जसमा कम्मरको हड्डी दुखेर उठ्न, बस्न, हिँड्न नै निकै गाह्रो हुने गर्दछ । यो रोग उनको पुरानो भएपनि अहिले यो बल्झिएर च्याप्न थालेपछि अनुष्का आत्तिएर अस्पताल निरन्तर चेकजाँचको लागि गइरहेकी छिन् ।

उपचारमा लागेकी अनुष्कालाई आफ्नो पीडाको चिन्ता त छनै तर ३० मे बाट सुरु हुने क्रिकेट वल्र्डकप २०१९मा आफ्ना क्रिकेटर पति विराट कोहलीको हौसला बढाउन नपाउने होकि भन्ने कुराले सताएको छ ।

विराट वल्र्डकप २०१९ का लागि भारतीय टिमका साथ इंग्ल्यान्ड उडिसकेका छन् । अनुष्का विवाह पछि आफ्नो फिल्मी करियर भन्दा पनि पति बिराट कोहलीको खेललाई बढी ध्यान दिइरहेकी छिन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...