'लोभी आखाँ' लिएर आईन लक्ष्मी मल्ल (भिडियोसहित)

काठमाडौं । लोक तथा दोहोरी गायिका लक्ष्मी मल्ल र सर्जक बसन्त थापाको आवाजमा ‘लोभी आँखा’ बजारमा आएको छ । भिडियोसहित बजारमा आएको उक्त गीतलाई निकै प्रतिक्षा गरेका दर्शक, श्रोताले निकै रुचाएका छन् ।

गीत ‘लोभी आखाँ’ मा शिल्पा पोखरेल र र पुष्प खड्काको अभिनय रहेको छ । कृष्ण केसीको शब्द तथा स्वयं गायक बसन्त थापाको संगीत रहेको गीतमा संगीत संयोजन भने आशिष अविरलको रहेको छ । गीतलाई आफ्नो मन युट्युव च्यानलले बजार ब्यबस्थापन गरेको छ ।

सार्वजनिक यस गीतको म्युजिक भिडियोले चलनमा रहेको लोक दोहोरी गीतको भिडियो शैलीलाइ परिवर्तन गरेको छ भने यति मात्र नभएर यस गीतको भिडियोले लोक दोहोरी क्षेत्रको विकास समेत भएको शंज्ञा दिएको छ । हेर्दा पनि चलचित्रको अनि पप गीतझैँ लाग्ने यस गीतको म्युजिक भिडियो बास्तवमै भन्ने हो भने निकै आकर्षण बनेको छ ।

प्रेमिल गीत अनि सुहाउदो जोडी र मोहक लोकेशन र आकर्षण अभिनयले यस गीतको रुपलाइ परिवर्तन गरिदिएको छ । रामेश्वोर कार्कीको आकर्षण खिचाई , बिकाश ज्ञावालीको मेहनतिलो भिडियो सम्पादन अनि कोरियोग्राफर तथा म्युजिक भिडियो निर्देशक शिब बिकको निर्देशन तथा कोरियोग्राफी रहेको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...