गायक प्रनिश बुढाथोकीको ‘दाईकि साली’सार्बजनिक

काठमाडौँ  । सुमधुर आवाजका धनि नब गायक प्रनिश बुढाथोकीको  नयाँ गित ‘दाईकि साली’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । गायक  प्रनिश बुढाथोकीको डान्सिङ बिटमा रहेको यस गीतको म्युजिक भिडियो समेत निकै आकर्षक बनेको छ ।

 गायक प्रनिश बुढाथोकीको स्वरमा सजिएको तथा सिम्पल किरातीको शब्द रहेको यस गीतलाई संगीतकार अविनाश राइले संगीत गरेका छन् । छायाँकार उत्सब दाहालको छायांकन रहेको यस म्युजिक भिडियोलाइ निर्देशक अनुप चापागाईंले निर्देशन गरेका हुन् ।

 म्युजिक भिडियोमा चर्चित मोडल अलिशा शर्मा, सुनिल क्षेत्रि तथा नब मोडल करण श्रेष्ठको नृत्य तथा अभिनय देख्न सकिन्छ । भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका छन् भने त्रिशा बुढाथोकीले निर्माण गरेकी छिन ।

निर्देशक अनुप चापागाईंले गीतको भावलाई भिडियोमा कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । उक्त भिडियोलाइ म्युजिक आई कम्पनिले बजारमा ल्याएको छ ।

Video

प्रतिकृया दिनुहोस