कोख भाडामा लिएर हलिउड अभिनेत्री किमले बच्चा जन्माइन्

काठमाडौँ । हलिउड अभिनेत्री एवं मोडल किम कार्दसियनले सरोगेसी अर्थात कोख भाडामा लिएर चौथो सन्तानलाई जन्म दिएकी छन्  । 

सन्तान जन्माउनुको सट्टा हलिउडका कलाकारहरूले अरूको गर्भ भाडामा लिएर सन्तान जन्माउने क्रम बढेको छ । आफ्नो डिम्बमार्फत चिकित्सक प्रणालीबाट उनले यो सन्तान जन्माएकी हुन् ।

यो बच्चा जन्मिएको एक साता भएपछि उनले जन्मदिने आमाबाट आफ्नो बच्चा ग्रहण गरेकी छन् । किमले यो बच्चाको नाम पसल्म वेस्ट राखेकी छन् । यसअघि किम र उनका पति कान्येका तीन सन्तान सिकागो, सेन्ट र नर्थ छन् । यो उनको चौथो बच्चा हो ।

आफ्नो चौथो सन्तान घर आएको र उनको स्वास्थ राम्रो भएको किमले ट्विट गर्दै जानकारी गराएकी छन् । उनले यसअघि छोरी सिकागो पनि सेरोगेसी पद्दतिबाट जन्माएकी थिइन् ।

पाठेघरमा समस्या भएका महिलाले अरूको कोख भाडामा लिएर सेरोगेसी सन्तान जन्माउने गरे पनि सेलिब्रेटीहरूमा सेरोगेसी सन्तान जन्माउने क्रम बढेको छ ।

अभिनेत्री किम र फेसन डिजाइनर तथा ¥यापर कान्येले सन् २०१४ मा विवाह गरेका हुन् । यसअघि दुईवटा विवाह टुटेपछि तेस्रो पतिका रूपमा किमले कान्येसँग बिहे गरेकी हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...