गणेश अधिकारी र बिष्णु माझीको ‘नामर्द’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ ।  योग्सना डिजिटल म्युजिक प्रा.लिको प्रस्तुतीमा रिजन बस्याल र नविन विश्वकर्माको लोकदोहोरी गीत “नामर्द ” योग्सना डिजिटल म्युजिक प्रा.लिको आफ्नै अफिसियल युटुब च्यानलबाट सार्बजनिक भएको छ । बिनोद बराजुलिको एरेन्ज , रिजन बस्याल र नवीन विश्वकर्माकोे शब्द अनि किशोर  विश्वकर्माको सङगीत सिर्जना रहेको उक्त गीतमा लोकप्रिय गायक गायिका गणेश अधिकारी र बिष्णु माझीको आवाज रहेको छ ।

लोक दोहोरी क्षेत्रका एक अब्बल गायक हुन गणेश अधिकारी, उनका बजारमा आउने हरेक गीतहरुले सफलताको शिखर चुम्दै गएका छन, मिठो स्वरका धनी अधिकारी गीत मात्र गाउदैनन् ,शब्द अनि संगीत पनि उत्तीनै मिठो सृजना गर्छन् ।

सुरेश श्रेष्ठको छायाङकन र स्मिृती तिमिल्सिना  (गुरुआमा) को निर्देशनमा तयार भएको उक्त गितमा रिजन बस्याल र सारीका के.सीको अभिनय रहेको छ भने प्रकाश धमलाको सम्पादन रहेको छ । समाजमा भएको जातीय प्रथा तथा छुवाछूत प्रथामा आधारित रहेर तयार भएको यो गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ ।  

अब हेरौ उक्त गितको पुरा भिडियो

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...