अर्पण थापाको 'घर' को फर्स्ट लुक र रिलिज मिती सार्वजनिक

काठमाडौं । अभिनेता अर्पण थापाको चलचित्र 'घर' को फर्स्ट लुक पोस्टर र रिलिज मिती सार्वजनिक गरिएको छ । हरर जानरामा बनेको थापा निर्देशित दोश्रो चलचित्र 'घर' साउन ३ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । सार्वजनिक गरिएको पोस्टरमा अभिनेत्री सुरक्षा पन्त मात्र फिचर्ड छिन् भने उनलाई डरलाग्दो रुपमा देखाइएको छ ।

शर्मिला पाण्डेले निर्माण गरेको यस चलचित्रमा निर्देशक थापा लगायत सुरक्षा पन्त, बेनिशा हमाल, अस्मिता खनाल मुख्य भूमिकामा छन् । यसअघि हरर जनराकै फिल्म 'सुनकेशरी' बनाएका थापा यस चलचित्रबाट निकै आशाबादी रहेका छन् । 'घर' डीएस डिजिटलको ब्यानरमा निर्माण गरिएको चलचित्र हो यसलाई निरज कँडेलले खिचेका हुन् सुरज पाण्डे प्रस्तुतकर्ता रहेका छन् ।

प्रतिकृया दिनुहोस