ऐश्वर्या रायको प्रेमकहानी : यस्तो छ विगतदेखि वर्तमानसम्म

काठमाडौं । सन् १९९४ मा विश्वसुन्दरी घोषित भएपछि ऐश्वर्या रायको सौन्दर्यको चर्चा झन् बढी भयो । बलिउडमा उनको सौन्दर्यको अझै बयान चल्छ ।

अभिषेक बच्चनसँग वैवाहिक सम्बन्ध गाँसेर जीवन अगाडि बढाइरहेकी उनकी एउटी छोरी पनि छिन् । तर, मोडलिङ सुरु गरेपछि बिहेअघिसम्म ऐश्वर्याको जीवनमा केही पुरुषहरूको नाम जोडिएर आयो । के उनी सबैसँग प्रेममा थिइन् ?

सलमान खानदिल दिए, दर्द लिएसलमान खान र ऐश्वर्याको सम्बन्ध हिन्दी फिल्म इतिहासमा चर्चित छ । उनीहरूबीचको प्रेम कहानीले पत्रिका र टेलिभिजनमा निकै स्थान पायो ।

 प्रसंग सन् १९९९ आसपासको हो । सञ्जयलीला भन्सालीले सलमान र ऐश्वर्या रायलाई लिएर ‘हम दिल दे चुके सनम’ फिल्म सुरु गरेका थिए ।

 फिल्म सुटिङकै क्रममा दुई सेलेब्रिटी एक–अर्काप्रति आकर्षित भए । दुई वर्षसम्म चलेको उनीहरूको निकट सम्बन्धलाई लिएर चर्चा चल्थ्यो, दुईजना बिहे नै गर्नेछन् । सलमानका लागि ऐश्वर्या सायद ट्रफीसमान भइन्, जुन जितेर उनमा दम्भ बढ्यो । 

बिस्तारै सलमानमा यस्तो व्यवहार विकास भयो कि ऐश्वर्याले अरू कुनै अभिनेतासँग फिल्म खेल्दा पनि रिस गर्न थाले । ऐश्वर्यालाई आफूबाहेक अरूसँग देख्नै चाहेनन् । यस्तो व्यवहारपछि पेसा र निजी जीवनमा समस्या परेको ठहर गर्दै ऐश्वर्याले सलमानलाई छाडिदिइन् । 

निष्कर्ष यो हो कि, ऐश्वर्यालाई सलमानले साँचो प्रेम दिए तर बदलामा दर्द लिनुपर्‍यो । बलिउडमा अहिले पनि चर्चा चल्छ, ऐश्वर्या नपाएकै कारण सलमानले अहिलेसम्म बिहे गर्न सकेका छैनन् ।

राजीव मूलचन्दानी

प्रेम या आकर्षण ?

राजीव मुलचन्दानीसँग ऐश्वर्याको सम्बन्धको विषय त्यो वेलाको हो, जतिखेर उनी मोडलिङ गर्थिन् । राजीव पनि मोडल नै थिए । सुटिङका क्रममा उनीहरूबीच चिनाजानी भएको थियो । सम्बन्ध घनिष्ठ रूपमा विकास भयो । पछि, राजीव ऐश्वर्याको प्रेमीका रूपमा चर्चामा रहे ।

 यही समयमा राजीव र मनीषा कोइरालाको सम्बन्धलाई लिएर पनि चर्चा हुन्थ्यो । पछि, ऐश्वर्या र राजीवको सम्बन्ध टुट्यो ।

विवेक ओबराय

यार या प्यार ?

सलमानसँग सम्बन्ध टुटेपछि ऐश्वर्या निकै तनावमा आइन् । त्यो समय उनी विवेक ओबरायसँग सुटिङ गरिरहेकी थिइन् । यही परिस्थितिबीच उनीहरूको सम्बन्ध निकट रहन गयो । विवेक र ऐश्वर्याको सम्बन्धको चर्चा चल्न थालेपछि सलमानलाई असह्य भयो र विवेकलाई धम्क्याए पनि ।

 विवेकले पत्रकार सम्मेलन गरेरै यसबारे सबै सार्वजनिक पनि गरेका थिए ।

भनिन्छ, विवेक ऐश्वर्यालाई आफ्नो बनाउन चाहन्थे, तर ऐश्वर्या भने विवेकलाई केवल साथी मान्छिन् । उनीहरूको सम्बन्ध टुट्ने कारण यही बन्यो ।

अभिषेक बच्चन

खोजेजस्तै 

केही फिल्ममा साथै काम गरेपछि अभिषेक बच्चन ऐश्वर्यालाई आफ्नो बनाउन चाहन्थे । ‘गुरु’ र ‘उमराव’ फिल्मको सुटिङका क्रममा ऐश्वर्याप्रति अभिषेक आकर्षित भएका थिए । टोरन्टोमा भएको ‘गुरु’को प्रिमियरका वेला अभिषेकले ऐश्वर्यालाई प्रेम प्रस्ताव गरेका थिए ।

 उनले पनि तुरुन्तै स्विकारिन् । सायद, ऐश्वर्या एक्लो जीवन ‘सेटल’ गर्न चाहन्थिन् भने अभिषेक कोही मनपर्ने युवतीको खोजीमा थिए । २० अप्रिल २००७ मा उनीहरूले बिहे गरे । त्यसपछि ऐश्वर्या सुखी दाम्पत्य जीवन जिइरहेकी छिन् ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...