मिटुको आरोप लागेका नाना पाटेकरविरुद्ध तनुश्रीले भेटिएन प्रमाण

काठमाडौँ । गत वर्ष बलिउड अभिनेत्री तनुश्री दत्तले आफूमाथि भएको यौन दुर्व्यवहार बारे बोलेपछि भारतको मिटू अभियानले चर्को रुप लियो । उनले पहिलोपटक चर्चित फिल्मकर्मी नाना पाटेकरविरुद्ध आरोप लगाएकी थिइन् ।

लगत्तै अन्य फिल्मकर्मीहरु गणेश आचार्य, समी सिद्दिकी लगायतमाथि पनि आरोप लाग्यो। सामाजिक सञ्जालदेखि मिडियाहरुमा उनीहरुले दश वर्षअघि फिल्म हर्न ओके प्लिज सुटिङ सेटमा भएको दुर्व्यवहारको खबर छायो ।

पुलिसले उक्त समय फिल्‍म युनिटका हरेकसँग बयान लियो। तर, तनुश्रीको आरोप स्वीकार्न कोही पनि तयार भएनन्। पुलिसले आरोपितहरुविरुद्ध कुनैपनि प्रमाण फेला नपरेको बतायो।

अभिनेत्री डेजी शाह त्यस समय गणेश आचार्यसँगै कोरियोग्राफरको रुपमा कार्यरत् थिइन्। उनले आफूमाथि पनि यौन दुर्व्यवहार भएको भन्दै उजुरी दिएकी थिइन् ।

तर, पुलिसले तनुश्री र शाहको बयान नमिलेको जनायो । तनुश्रीले प्रत्यक्षदर्शीहरु पाटेकरको साथी हुनु र डराउनुका कारण सत्य बोल्न डराएको बताएकी छिन्। भनिन्,तर म अन्यायको विरुद्ध लडिरहन्छु । इन्डस्ट्रीमा शक्तिको दुरुपयोग गर्नेहरुलाई छाड्नु हुँदैन।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...