भाडाको भवनमा अडिएको ललितकला प्रतिष्ठान, भाडाकै घरमा प्रदर्शनी

काठमाडौं । विश्वमा कुनै त्यस्तो प्रतिष्ठान नहोला जहाँ प्रदर्शनीका लागि आफ्नै ग्यालरी नहोस् । तर नेपालको कला र संस्कृतिको जगका रुपमा परिचित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आफ्नो ग्यालरी छैन ।

जसका लागि प्रतिष्ठानले अन्य स्थानमा भाडामा प्रदर्शनी गर्दै आएको छ । प्रतिष्ठानले यही जेठ २ गतेदेखि नवौं राष्ट्रिय ललितकला प्रदर्शनी गर्दैछ । ग्यालरीको अभावकै कारण प्रतिष्ठानले बबरमहलस्थित कला परिषद्मा तीन हप्तासम्म हुने प्रदर्शनी गर्दैछ ।

लामो समयदेखि नक्सालस्थित सीता भवनमा प्रतिष्ठान सञ्चालन हुँदै आएको छ । तर त्यो भवन पनि २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाइदिएपछि टहरामा सञ्चालन हुँदै आइरहेको छ । 

पटकपटक सरकारको वार्षिक नीति तथा कार्यक्रममा आफ्नै आर्ट ग्यालरीका विषयमा बजेट माग्ने गरेका भए पनि हालसम्म सरकारले चासो दिएको छैन । सरकारले चासो नदिएकै कारण प्रतिष्ठानले आफ्नो भवन बनाउन नसकेको प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य बताउँछन् ।

यति मात्र होइन,  प्रतिष्ठानको आफ्नै नाममा जग्गासमेत छैन । आफ्नै जग्गाको माग गर्दै प्रतिष्ठानले सर्वाेच्च अदालतमा मुद्धासमेत दायर गरेको थियो । अदालतले सबै प्रतिष्ठानको आफ्नै नाममा सरकारले जग्गा दिएको थियो । 

राष्ट्रिय पुननिर्माण प्राधिकरणले पुरानै भवनलाई रेट्रोफिटिङ गरिदिन लागेको छ । ‘पुरानो भवन मात्र मर्मत गरेर प्रतिष्ठानको आवश्यकता पूर्ति हुन सक्दैन’, उनी भन्छन्, ‘हामीले प्रतिष्ठानको आवश्यकताका लागि मन्त्रालयमा माग गरेअनुरुप बजेट कहिल्यै पनि आइपुग्दैन ।’

कलाकारलाई बसेर काम गर्ने स्थानको व्यवस्थापन लगायत विदेशी पाहुना आउँदा राख्ने स्थानसमेत अभाव रहेको उनी बताउँछन् । शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका विषय सरकारको चासोको विषय भए पनि कला र संस्कृतिलाई सरकारले ओझेलमा राखेको उनले दुःख व्यक्त गरे । 

प्रतिष्ठानले नेपाली मूर्तिकला, पौराणिक चित्रकला, मिथिला चित्रकला लगायत आधुनिक कलाको विकास र बिस्तार गर्दै आएको छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...