इन्टरनेटमा लिक भयो 'स्टुडेन्ट अफ द इयर-२'

एजेन्सी । बलिउड अभिनेता टाइगर श्राफ अनन्या पाण्डे र तारा सुतारिया स्टारर फिल्म 'स्टुडेन्ट अफ द इयर२' रिलिज भएको केही घण्टामै इन्टरनेटमा लिक भएको छ ।

पुनित मल्होत्राद्वारा निर्देशित यो फिल्म पायरेसीमा चर्चित वेबसाइट तमिल रकर्सले लिक गरेको हो । यो वेबसाइटले यसअघि पनि कैयौँ ठूला फिल्महरू लिक गरिसेको छ । लिक गरिएको फिल्मलाई उक्त वेबसाइटबाट डाउनलोड गरिरहेका छन् । करण जौहरको धर्मा प्रोडक्सन फिल्म 'स्टुडेन्ट अफ द इयर २' १० मेबाट सिनेमा हलमा रिलिज भएको हो ।

रिलिज भएको केही घण्टामै तमिल रकर्सले लिक गरेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । पूरै फिल्म वेबसाइटमा उपलब्ध रहेको बताइएको छ । बक्स अफिसमा राम्रो कमाइ गरिरहेको फिल्म लिक भएपछि भने यसको कमाइमा असर पर्न सक्ने आंकलन गरिएको छ। फिल्मले ओपनिङ डेमा १२ करोड ६ लाख रुपैयाँ कमाइ गरेको थियो भने दोस्रो दिन १४ करोड २ लाख भारतीय रूपैयाँ कमाइ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

अहिलेसम्म फिल्मको कुल कमाइ २६ करोड ८ लाख भारतीय रुपैयाँ रहेको समाचार विवरणमा जनाइएको छ। करण जौहरले सात वर्षपछि इस्टुडेन्ट अफ द इयरको फ्रिन्चाइज लिएर आएका हुन् । साथै यो फिल्मबाट टाइगरले आफ्नो एक्सन इमेजलाई परिवर्तन गर्ने प्रयाससमेत गरेका छन् । साथै यही फिल्मबाट दुई अभिनेत्री अनन्या पाण्डे र तारा सुतारियाले डेब्यु गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...