'भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७५' गायक प्रेमध्वज र संगीतकार शम्भुजीतलाई

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा 'भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७५' सालको गायनतर्फ वरिष्ठ गायक प्रेमध्वज प्रधान र संगीततर्फ वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटालाई जनही पुरस्कार ५० हजार १ रुपैयाँ प्रदान गरिएको छ ।

भक्तराज आचार्य संगीत प्रतिष्ठानका संरक्षक गायक तथा भजन शिरोमणि भक्तराज आचार्य, प्रतिष्ठानकी अध्यक्ष सुशिला आचार्य र सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले संयुक्त रूपमा यो सम्मान प्रदान गरेका थिए ।

भक्तराज आचार्य संगीत प्रतिष्ठानले विगत केही वर्ष यतादेखि संगीत र कलाको क्षेत्रमा महत्तवपुर्ण योगदान पुर्‍याउँदै आएको र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिँदै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...