‘साइनो’को प्रदर्शन मिति सरेर साउनमा पुग्यो

काठमाडौं, वैशाख । नेपाली फिल्म क्षेत्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको फिल्म ‘साइनो’को प्रदर्शन मिति सरेको छ । आगामी १० जेठबाट प्रदर्शनमा आउने भनिएको यो फिल्म सरेर २४ साउनमा पुगेको छ ।

डबिङ, कलरिङ,  मिक्सिङ लगायतका प्राविधिक काम नसकिएकाले फिल्म सारिएको निर्देशक रमेश थापाले जानकारी दिए । 

चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘साइनो’ मा नीता ढुंगाना, मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई लगायतका अन्य कलाकारहरुको अभिनय रहेको छ । 

शरण थापा कार्यकारी निर्माता रहेको फिल्म रामेश्वर कार्कीको छाँयांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...