गीत चर्चा, व्यक्ति गुमनाम : ‘झुमा झुमा’ को धमाका

काठमाडौं । नेपाली सांगीतिक दुनियामा सायद प्रमोद खरेलको नाम नसुन्ने कमै होलान् । उनका धेरै गीत चर्चामा छन् । उनलाई ‘म बिना कसैकसैलाई’ गीतले चर्चाको शिखरमा ल्यायो ।

त्यसपछि उनका सयौं गीत चर्चामा रहे । झुमा झुम्कावालीले पनि त्यतिकै बजार पिट्यो । अहिले फेरि ‘झुमा झुमा’ ले बजारलाई संगीतमय बनाइदिएको छ । 

यो गीत प्रमोद खरेलले निक्कै मेहेनत गरेर बजारमा ल्याएका छन्, त्यो पनि आफ्नै युट्युव च्यालनमार्फत । बैशाख पहिलो हप्ता सार्वजनिक भएको सो गीत २६ लाख ७१ हजारले हेरिसकेका छन् ।

‘झुमा झुमा’ लाई जति खरेलले मेहेनत गरेका छन्, त्यति नै अर्का सर्जक भीम बिसीले गरेका छन् । ‘झुमा झुमा’ लाई प्रमोदको गीतकै रुपमा चिनिन्छ । सो गीतलाई चर्चाको शिखरमा ल्याउने बिसीको भने चुपचाप सिर्जनामा व्यस्त छन् ।  

सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका वडा नं.५ जाई निवासी बिसीले चुपचाप रुपमै झण्डै ३ सयको हाराहारीमा संगीत गरेका छन् । उनलाई सुदूररपश्चिममा भने गायक भनेर मात्रै चिन्छन् । हुन पनि उनले गायनबाटै सांगीतिक यात्राको थालनी गरेका थिए । उनले झण्डै ४० वटा जति गीत गाइसकेका छन् । 

पछिल्लो समयका उनको बाटो मोडिएको छ । अथाृत् उनी गायनलाई भन्दा शब्दमा लय भर्नमै व्यस्त रहन्छ । त्यसैको उपज हो झुमा झुमा । अहिले ‘दुई कौडीको बुद्धि’ ल्याउन लागेका छन् । जसलाई रवि ओड र मेलिना राईले स्वर दिएका छन् । ओड र राई अहिलेका चर्चित गायक गायीका हुन् । 

गीत चर्चा, व्यक्ति गुमनाम

बिसीका धेरै गीत चचाृमा छन् । ‘क पुरी क’ सबैले सुनेको र मुखमा झुण्डिएको गीत हो । यसलाई एन्जिला रेगमी र सुनील कटवालले गाएका छन् । अर्काे गीत हो ‘सोल्मारी’ । यसलाई बले र कक्रोजले गाएका छन् ।

‘काग दाजै’ त्यति नै चर्चामा रहेको गीत हो । यसलाई ध्रुव विश्को र सरु गौतमले स्वर दिएका छन् । प्रताप दास र एन्जिला रेग्मीको स्वर रहेको ‘बस बस रे’ ले पनि चर्चा बटुलेकै छ । 

अहिले झुमा झुमाले बजार तताएको छ । यसले उनलाई व्यस्त र राम्रा कोटीका संगीतकारको रुपमा दर्ज गराएको छ । १५ वर्षदेखिको निरन्तर मेहेनतको फल अहिले हिल्न थालेको छ । 

अहिले फेरि ३ वटा गीत बजारमा आउने तयारीमा छ । यो उनको सफलताको परिणाम पनि हो । उनको ‘क पुरी क २’ पनि आउँदै छ । यसले  फेरि चर्चामा ल्याउने सबैको अपेक्षा छ 

बिसीको पहिलो गीत देउडा नै हो । अहिलेको दुई कौडीको बुद्धि हो । त्यो बेला जानी नजानी साँगीतिक यात्रमा होमिएका थिए । उनीसँग सांगीतिक सीप थिएन । अहिले संगीतलाई राम्ररी बुझने मौका पाएका छन् । ‘पहिले म क्षेत्रीय र भेगीय हिसावले गाउथे’ उनले भने, ‘अहिले अल नेपाल चिन्ने गीत गर्न पाएको छु ।’

पहिले  नै व्यवसायीक बन्ने सोच थियो । अहिले संगीत व्यापारिक पनि बनेको छ । ‘आफुले गाउँदा र मेहेनत गर्दाको खुसी भन्दा बढी त रेडियो टिभीबाट प्रशारण हुँदा लाग्छ’ उनी भन्छन्, ‘सबैभन्दा धेरै खुसी ‘क पुरी क’ बाटै हो । यही गीतबाटै संगीतकार भनेर चिन्न थालियो ।’


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...