एकनारायण भण्डारीको 'छिपछिपे पानीमा लेऊ' यस्तो बन्यो (भिडियोसहित)

काठमाडौं । सांगीतिक क्षेत्रमा एकनारायण भण्डारीको निकै चर्चित र सबैले रुचाईएको र नाम हो । सर्जक भण्डारीले जति पनि गीत बजारमा ल्याए ती सबै गीतले दर्शक, श्रोताको मन जिते । लोकदोहोरीदेखि नेपाली चलचित्र र आधुनिक गीतमा कलम चलाएर सबैको मनमा बस्न सफल सर्जक भण्डारीको शब्द संगीतमा 'छिपछिपे पानीमा लेऊ'  बजारमा आएको छ । 

गीतमा विष्णु माझी र पीताम्बर जीसीको स्वर रहेको छ । प्रकाश भट्टको कोरियोग्राफी र निर्देशन रहेको गीतमा नायक दीलिप रायमाझी र सुरक्षा पन्तको अभिनय रहेको छ ।

गीतको छायांकन राजेश घिमिरेले गरेका छन्।  पछिल्लो समयमा नेपाली लोक गीतको बजारमा नाच्न मिल्ने खालका ‘सिक्स एट बिट’ का गीतहरू बढी मात्रामा बजारमा आएका छन् । यी गीतहरूमा ‘कोरस’ स्वर र ‘कोरस डान्सर’ हरूको प्रयोग पनि बढी हुने गरेको छ । लोक गीतको क्षेत्रमा आएका यस्ता गीतहरूले अहिलेसम्म बजारमा चल्दै आएका गीतहरूको ‘ट्रेन्ड’ नै परिवर्तन गरिदिएका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...