पशुपति शर्मा र देवि घर्तीको 'हजुर हाम्रै पाला’ यस्तो छ (भिडियोसहित)

काठमाडौं । लोकदोहोरी गायक पशुपति शर्माको नयाँ गीत सार्बजनिक भएको छ । लुट्न सके लुटको विवाद पछि पशुपतिले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को बिषयलाई लिएर गीत बनाएका छन् ।

‘हजुर हाम्रै पाला, जसरी नि बनाउँने हो क्रिकेट रङ्गशाला’ बोलको गीतलाई पशुपति शर्मा र देवी घर्ति मगरले स्वर दिएका छन् । पशुपति शर्माको शब्द संगीतमा तयार भएको उक्त गीतलाई दिवश हुमागाँई र नविन घर्ति मगरले सम्पादन गरेका हुन् भने शंकर बिसीले निर्देशन गरेका हुन् ।

गीतको भिडियोलाई धुर्मुस सुन्तली अफिसियल युट्युव च्यानलबाट सार्बजनिक गरिएको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...