मजदुरको कथामा आधारित चलचित्र पसिना

काठमाडौ । नेपाली समाजमा मजदुरहरुको जीवनमा आधारित कथामा बनेको नेपाली फिल्म पसिना वैशाख २७ गते शुक्रबारबाट प्रदर्शनमा आएको छ। अन्य फिल्मले प्रदर्शनको पूर्वसन्ध्यामा रेड कार्पेट प्रिमियर गर्छन् तर पसिना युनिटले भने ‘पसिना विषयक अन्तरसंवाद तथा सत्कर्म मार्गी सम्मान कार्यक्रम २०७६’ को आयोजना गरेको छ।

कार्यक्रममा चलचित्रका बारेमा अन्तरसंवाद तथा विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। पूर्वमन्त्री तथा समाजसेवी भद्रकुमारी घलेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा फिल्मका कलाकार तथा अन्य समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वरूलाई सम्मान गरिएको थियो।

फिल्मका प्रमुख कलाकार सरोज खनालले समाजमा नकारात्मक कुराले बढी स्थान पाइरहेको बेला यस्ता सकारात्मक विषयले स्थान पाउनु आवश्यक रहेको बताए। निर्माता शान्ता ढकालले आफू पनि समाजसेवा र सामाजिक कार्यमा सक्रिय रहेका कारण सामाजिक विषयवस्तुको फिल्ममा लगानी गरेको बताइन्।

 अर्का निर्माता इन्जिनियर सञ्जय महतोले आफू पनि मजदुर नै भएकाले मजदुरको कथा बोलेको फिल्ममा लगानी गरेको बताए। 

निर्देशक आरबीके शरदले फिल्मले ‘गरौं सत्कर्म बगाऊ पसिना’ भन्ने मूल नारा बोकेको बताए। चलचित्रले काम कुनै पनि सानो ठूलो हुँदैन, मजदुरबिना मालिक बन्न सकिन्न भन्ने कुरा उठाइएको निर्देशक खत्रीले बताए।

फिल्ममा गौरव पहाडी, अनु शाह, सुरजनी केसी, सरोज खनाल, रवि गिरीलगायतको अभिनय छ। फिल्ममा राम केसीको छायांकन, राजनराज शिवाकोटी, दीपक शर्मा र थीरज राईको संगीत, नवीन निरौलाको सम्पादन, शिव विक र राजीव समरको नृत्य र देव महर्जनको द्वन्द्व छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...