‘ऐसेलुको पात’ मा सारिका र योगेशको मिल्यो जोडी

काठमाडौं । अभिनय सँगसँगै गायनमा आफूलाई शसक्त रुपमा प्रस्तुत गर्दै आएकी नायिका हुन् सारिका घिमिरे । उनी गायीका पनि हुन् । अहिले उनकै स्वर रहेको ‘ऐसेलुको पात’ गीत सार्वजनिक भएको छ । 

अभिनयमा जमेकी घिमिरे र योगेश काजीको स्वरमा रहेको गीत ‘ऐसेलुको पात’ सार्वजनिक भएको छ । योगेश काजीको शब्द, संगीत र संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । 

सारिकाले नै निर्देशन गरेको गीतको भिडियोमा विवेक मोक्तान, नमुना श्रेष्ठ र चपुर हिरोज क्रियूलाई फिचर्ड गरिएको छ । विवेक मुक्तान र सुदीप राईको कोरियोग्राफी रहेको भिडियोमा ज्ञानेन्द्र शर्मा हुँमागाईको छायाँकन र विष्णु खड्काको सम्पादन रहेको छ । 


Video

प्रतिकृया दिनुहोस