प्रचण्डकी नातिनीले ल्याइन् धमकेदार ‘आमाले दिएको चौबन्दी चोली’

काठमाडौं । स्मिता दाहाल मिठो स्वरकी धनी हुन् । उनी पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी पनि हुन् । 

उनकै स्वर रहेको ‘आमाले दिएको चौबन्दी चोली’ गीतको भिडियो सार्वजनिक भएको छ । आइतबार मात्रै सार्वजनि भएको सो गीतलाई ४ लाख ५७ हजार ४ सय ११ जनाले हेरिसकेका छन् । यसमा प्रियंका कार्कीले अभिनय गरेकी छन् ।

‘आमाले दिएको चौबन्दी चोली’ बोलको गीत दिनेश थपलियाको छ । बसन्त सापकोटा संगीत छ भने गीतको संगीत संयोजन संजिव बराइलीले गरेका छन् । 

गीतको छायांकन पार्क भिलेज रिसोर्ट, काठमाडौं गेस्ट हाउस लगायतका स्थानमा गरिएको छ । भिडियोलाई निर्देशक कविराज गहतराजले निर्देशन गरेका हुन् । म्यूजिक भिडियोको छायांकन सुदीप बराल, सम्पादन सन्देश शाह, मिक्सिङ किशोर थापा र कलर संयोजन रेनिस फागोले गरेका छन् ।


Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...