भेनेजुयलामा फेरि चर्कियो द्वन्द्व, रक्तपातको सम्भावना रहेको रक्षामन्त्रीको चेतावनी

काठमाडौं । भेनेजुयलाका विपक्षी नेता जुवान गुइदोले राष्ट्रपति निकोलास मदुरोको शासनकाल अन्त्य गराउन अन्तिम चरणको प्रयत्न गर्ने घोषणा गरेका छन् । उनले आफूलाई सेनाको समर्थन रहेको पनि दाबी गरेका छन् ।

हवाई फौजको एउटा अखडामा रेकर्ड गरिएको र सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा भिडिओमा उनी सैनिक पोशाकमा भएका मानिसहरूसँग बसेको देखिन्छन् ।


गुइदोले राष्ट्रपति मदुरोको अवैध शासनको अन्त्यमा सघाउन सेनालाई आह्वान गरेका छन् । सेनाले अहिलेसम्म मदुरोलाई समर्थन गरिरहेको छ र ग्वाइदोलाई समर्थन गर्न अस्वीकार गरेको छ । ग्वाइदोले गत ज्यानुअरी महिनामा आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए र बढी भन्दा बढी सैनिकहरूले उनलाई समर्थन गरेर राष्ट्रपति मदुरोले हत्याएको सत्ताको अन्त्य गर्न सघाउन आह्वान गरेका थिए ।


ग्वाइदोसँगको मुठभेडमा सेनाले सामान्यतया राष्ट्रपति मदुरोलाई नै समर्थन गरिरहेको छ । दुवै पक्षका समर्थकहरू राजधानी कराकसका विभिन्न स्थानमा भेला भैरहेका छन् । ग्वाइदोका समर्थक र सैनिकहरूबीच झडपहरू भैरहेका छन् ।


भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रोनोले सरकारी टेलिभिजनमा बोल्दै सेना राष्ट्रपति मदुरोको पक्षमा रहेकोमा जोड दिएका छन् । उनले केही सैनिकहरूले गर्न खोजेका विद्रोहलाई आंशिक रूपमा पराजित गरिएको तर रक्तपात हुने सम्भावना बलियो रहेको चेतावनी दिएका छन् ।


यता अमेरिकाले पनि पछिल्लो बस्तुस्थितिलाई नियालीरहेको जनाएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...