मकालु हिमालको आधार शिविरमा यतीको पाइला भेटेको भारतीय सेनाको दाबी

काठमाडौँ । भारतीय सेनाले नेपालमा यतीको पैतलाको छाप भेटेको दाबी गरेको छ ।  भारतीय सेनाले नेपालको मकालु हिमालको आधार शिविरमा यतीको पैतालोको छाप भेटेको दाबी गरेको कुराले सामाजिक सञ्जालमा  चर्चा पाएको छ ।

सोमवार सेनाले ६० लाख फलोअर्स भएको ट्विटरबाट आफ्नो आरोहण दलले मकालुको आधार शिविरमा मिथक कथामा वर्णित यतीको रहस्यमय पैतालो छाप भेटेको जानकारी दिएको छ । ठूलो बाँदरजस्तो जनावरका रूपमा वर्णित यति दक्षिण एशियाका लोककथाहरूमा भेटिन्छ ।

हालसम्म यतीको अस्तित्वको बारेमा कुनै प्रमाण नभए पनि दक्षिण एशियामा यसलाई विश्वास गर्नेहरू छन् ।  भारतीय सेनाले आफ्नो आधिकारिक ट्विटरमा यतीको ुपैतालोको छापको तस्बिरु प्रकाशन गरेर त्यो कथामा नयाँ कोण थपेको छ ।

त्यो तस्बिर एप्रिल ९ मा खिचिएको भए पनि भारतीय सेनाले यतिका बारेमा प्रचलित सिद्धान्तहरूसँग मेल खाएको निश्चित गरेपछि मात्रै प्रकाशित गरेको टाइम्स अफ इन्डिया पत्रिकाले लेखेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...