श्रीलङ्का सरकारले लगायो सामाजिक सञ्जालमा प्रतिबन्ध

श्रीलङ्का । श्रीलङ्कामा शृङ्खलाबद्ध विस्फोटनको केही समयपछि मिथ्या समाचार फैलिन थालेपछि सरकारले समाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने कठोर निर्णय लिएको छ । मिथ्या समाचारलाई फैलनुबाट रोक्न फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, युट्युब, स्न्यापच्याट र भाइबरमाथि प्रतिबन्ध लगाएको हो ।

समाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध कहिले हट्छ भनेर बताएको छैन । आइतवारको आक्रमणमा तीन सयभन्दा धेरैको ज्यान गएपछि प्रधानमन्त्री रनिल विक्रमसिङ्घले नागरिकहरूलाई अप्रमाणित समाचार र अनुमान नफैलाउन अनुरोध गरेका थिए ।

उनको आग्रहपछि सरकारले समाजिक सञ्जालमाथि पूर्ण प्रतिबन्ध लगायो । सरकारले प्रतिबन्ध अस्थायी भएपनि अनुसन्धान नसकिएसम्म रहने बताएको छ । अन्य समाजिक सञ्जाजति चर्चित नभएको कारण ट्विटरमाथि भने प्रतिबन्ध लगाइएको छैन ।

श्रीलङ्कामा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको यो पहिलो पटक भने होइन । एक वर्षअघि मुस्लिम समुदायमाथि हिंसा बढेको बेला फेसबुकमाथि केही समय प्रतिबन्ध लगाइएको थियो ।

सामाजिक सञ्जालहरूले सार्वजनिक बहसलाई सशक्ता बनाएको आरोप लगाउने पत्रकार कारा स्विसरले न्यूयोर्क टाइम्समा लेख्दै धेरै महत्त्वपूर्ण सूचनाहरु सामाजिक सञ्जालमा फैलिने भएकोले प्रतिबन्ध अपराधपूर्वको कठोर कदम भनेकी छन् ।

श्रीलङ्कामा जस्तो सरकारले हतारमा निर्णय लिँदा सूचनाको स्वतन्त्र प्रवाहमा असर पार्ने बताएका छन् । सामाजिक सञ्जाल सरकारी सेन्सरशिपबीचमा सूचनाको प्रजातान्त्रिकीकरणमा महत्त्वपूर्ण शक्ति हो। तर यसको अर्थ यो राम्रो मात्रै भएका भने होइन ।

घृणायुक्त अभिव्यक्ति फैलिरहेका छन् र फेसबुक त्यसविरुद्ध नराम्ररी हारेको छ । श्रीलङ्कामा ह्वाट्सएप प्रचलित छ र फेसबुक इन्टरनेटको अङ्ग होइन, धेरैका लागि इन्टरनेट नै हो । यसको अर्थ थुप्रै मानिसहरू महत्त्वपूर्ण सूचना आदान प्रदान गर्न यसमा निर्भर छन् ।

यूकेमा बसिरहेको एउटा परिवारले सामाजिक सञ्जालमा कुनै सम्पर्क नभएपछि श्रीलङ्कामा रहेका नातेदारहरूलाई फोनमा सम्पर्क गर्नुपरेको बताएको छ।



प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...