श्रीलङ्का आक्रमणः राष्ट्रिय शोकका माझ विस्फोटमा मारिएकाहरूको अन्तिम संस्कार

श्रीलङ्का । श्रीलङ्कामा राष्ट्रिय शोककामाझ आइतवारको बम हमलामा ज्यान गुमाएकाहरूको सामुहिक रुपमा आज अन्तिम संस्कार गरिएको छ । विभिन्न चर्च र होटेलहरूमा भएका हमलाहरूमा मारिनेको संख्या ३२१ पुगेको र झण्डै पाँचसय जना घाइते भएका प्रहरीले जनाएको छ ।

थप हमलाहरू हुनबाट रोक्न घोषणा गरिएको आपतकालिन अवस्था जारी नै रहेको छ । मंगलवार इस्लामिक स्टेट समूहले उस्को समाचार निकाय मार्फत उक्त आक्रमणको जिम्मेवारी दावी गरेको छ ।

आइएसको दावीलाई सावधानीपूर्वक लिनु पर्छ, किनकि विगतमा उक्त समूहले ठूला हमलाहरू भएलगत्तै जिम्मेवारी दावी गर्ने गरेको बीबीसीले उल्लेख गरिएको छ । श्रीलङ्काली सरकारले ती विस्फोटहरूका लागि स्थानीय इस्लामिस्ट समूह न्याशनल तौहिद जमातलाई दोषी ठहर्याएको छ ।

उक्त हमलाको सम्बन्धमा प्रहरीले हालसम्म ४० जना सन्दिग्धहरूलाई गिरफ्तार गरेको छ । एकजना प्रवक्ताले गिरफ्तारीमा परेकाहरूमा एकजना सिरियाली नागरिक पनि छन् जस्लाई स्थानीय सन्दिग्धहरूलाई केरकार गरेपछि पक्राउ गरिएको थियो । हताहत भएकामध्ये कम्तीमा ३६ जना विदेशी नागरिक भएको बताइएको छ ।


प्रतिकृया दिनुहोस