गोरिल्लासँग रेन्जरको सेल्फी

काठमाडौं । कंगोमा गोरिल्लासँग लिइएको सेल्फी फोटोको हाल चर्चा भइरहेको छ । कंगोको भिरुंगा राष्ट्रिय निकुञ्जको गोरिल्ला आश्रयस्थलमा रहेका दुई गोरिल्लाहरुसँग उनीहरुलाई बाल्य अवस्थामा उद्धार गरेका रेन्जरहरुले सेल्फी लिएका हुन् ।

निकुञ्जका उप निर्देशक इन्नोसेन्ट बुरानुमवीले गोरिल्लाहरुको स्याहारमा खटिएका रेन्जरहरुको नक्कल गर्ने क्रममा उक्त तस्विर लिइएको हो । सिकारीहरुले ती गोरिल्लाका परिवारलाई मारेपछि रेन्जरहरुले नै उनीहरुको स्याहार गर्दै आएको र गोरिल्लाले तिनीहरुलाई आफ्नो परिवार ठानेको उनले बताएको बीबीसीले उल्लेख गरेको छ ।

२००७ मा दुई वर्ष चार महिनाको हुँदा ती गोरिल्लाका आमाको हत्या भएको थियो। लगत्तै उनीहरुलाई  भिरुंगा ल्याइ हालसम्म त्यही राखिएको छ । बुरानुमवीका अनुसार ती गोरिल्लाहरुले मानिसहरुको नक्कल गर्दै आएका छन् र मानिस जस्तै व्यवहार देखाउने प्रयत्न गरिरहेका छन् । पहिला मलाई धेरै अचम्म लाग्यो। रमाइलो लाग्यो। गोरिल्ला कसरी मानिसको नक्कल गर्दै उठ्न सक्छ भनेर हेर्नु निकै उत्सुक्ता हुन्छ ।

तर उनले रेन्जरका नाताले यो जहिल्यै सजिलो नहुने र खतरनाक अवस्था रहेको बताउँछन् । भिरुंगा राष्ट्रिय पार्कमा हालसम्म १३० जनाभन्दा बढी रेन्जरहरु शिकारीको निशानामा परी ज्यान गुमाइसकेको बताइएको छ ।


प्रतिकृया दिनुहोस