जिप्रका भक्तपुरका प्रशासकीय अधिकृत श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

490649085385977352nepallive..

काठमाडौ । जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातछे श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको प्रवक्ता रामश्वर दंगालले जनाएका छन्।

जिल्ला प्रशासन कार्यालयमा परेको लेनदेनसम्बन्धी उजुरी मिलाइदिने भनेर उनले सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना र उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरुगरेको थियो । अख्तियारको टङ्गालस्थित मुख्यालयबाट गएएको टोलीले प्रशासकीय अधिकृत श्रेष्ठलाई सेवाग्राहीसँग रू.२५ हजार  घुस लिएको फेला पारेको छ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको देखिन आएको भनद्दै उनलाई जरिवाना र कैद सजाय हुन मागदाबी गरेर मुद्दा दायर गरिएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...