ऋण कारोबारका लागि घुस लिने दुई प्रधानाध्यापकविरुद्ध मुद्दा दायर

Adalat on

काठमाडौं । बैंकबाट ऋण निकाल्नका लागि घुस लिएर बिचौलियाको काम गर्ने दुई प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा लागेको छ । पर्साका दुई प्रधानाध्यापकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, छिपहरमाईका प्रधानाध्यापक प्रभु गिरी र रेडक्रस प्राथमिक विद्यालय मुडली फूलवरिया, पर्साका प्रधानाध्यापक अब्बास मियाविरुद्ध मुद्दा दायर गरेको हो ।

नेपाल बैङ्क लिमिटेड, श्रीपुर शाखा वीरगंजबाट कृषि ऋण मिलाइदिने भन्दै घुस लिइरहेका उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको माग दाबी गरेर मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दगालले जानकरी दिए ।

घुस लिइसकेको अवस्थामा रेडक्रस प्राविका प्रधानाध्यापक मियालाई अखितयारको टोलीले पक्राउ गरेको थियो । उनले पटक पटक गरी ४० हजार घुस लिइसकेका थिए । मिया १२ हजार घुस लिँदालिँदै पक्राउ परेका हुन् ।

उनले नेराप्राविका प्रअ गिरीसहितको मिलोमतोमा घुस लिएका खुलेको छ । उनीहरुविरुद्ध ५२ हजार बिगो मागदाबीसहित मुद्दा चलाइएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...