सट्टा शिक्षक प्रदर्शनमा प्रहरीको हस्तक्षेप

Satta pradasan

काठमाडौं । काठमाडौंमा स्रोत व्यक्ति सट्टा शिक्षक संघर्ष समितिले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

माइतीघरबाट सुरु भएको विरोध जुलुस नयाँ वानेश्वर आइपुगेपछि प्रहरीले पानीको फोहोरा हानेको हो । नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले प्रदर्शनकारीलाई हटाउन फोहोरा प्रयोग गरेको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्रोत व्यक्तिहरुलाई साविकको दरवन्दीमा काज फिर्ता गर्ने र उनीहरुको सट्टामा नियुक्त शिक्षकहरुलाई माघ महिनासम्मको मात्र तलब भत्ता दिएर सेवाबाट हटाउने निर्णय गरेको थियो ।

तर, सट्टा शिक्षकलाई माघ महिनासम्मको मात्र तलबभत्ता दिएर बिदा गर्न भन्दै फागुन ८ गते परिपत्र गरिएको थियो । त्यतिबेला सट्टा शिक्षकहरुले विद्यालयमा पढाइरहेका थिए ।

कतिपय विद्यालयमा स्रोत व्यक्तिहरु काजमा नफर्किएकाले सट्टा शिक्षकहरुले नै पढाइरहेका छन् । तर, उनीहरुले पाउने तलबको टुंगो छैन ।

रोजगारलाई मौलिक हकको रुपमा संविधानमा व्यवस्था गरेको सरकारले सट्टा शिक्षकहरुलाई सेवाबाट हटाएर बेरोजगार बनाएको भन्दै उनीहरु विरोधमा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...