ट्याक्सी समितिका कर्मचारीमाथि तरवार प्रहार

Tarabar ghaite

तुलसीपुर । तुलसीपुरमा ट्याक्सी समितिका कर्मचारी गणेश हमालमाथि तरवार प्रहार भएको छ ।

असिमसिंह राठोरले गणेश हमाललाई सल्यान रोडस्थित ट्याक्सी काउन्टरमा तरवार प्रहार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकोे छ ।

तरवार प्रहारबाट घाइते हमालको टाउको, हात र खुट्टामा गहिरो चोट लागेको छ । उनलाई प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि नेपालगञ्ज मेडिकल कलेज कोहोलपुर रिफर गरिएको छ ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनको अवस्था गम्भीर रहेको छ । तरवार प्रहार गर्ने राठोरलाई तवार सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका राठोर र घाइते हमाल दुवै अपराधिक पृष्ठभुमीका व्यक्ति रहेको बताइएको छ ।

प्रहरीका अनुसार राठोर यसअघी डाँकाचोरी, ज्यानमार्ने उद्योग, सार्वजनिक अपराध जस्ता अपराधमा संलग्न थिए भने हमाल पनि ज्यान मार्ने उद्योग र सार्वजनिक अपराध जस्ता मुद्दा खेपेका व्यक्ति हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...